बिर्तामोड , कात्तिक ६ । बिर्तामोडमा आज १६ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा १३ पुरुष र ३ महिला रहेका छन् । उनीहरु बिर्तामोड वडा नं १ ,२, ३ ,४, ५ ,९ र १० का रहेका छन् । त्यसमध्ये एकजना मेची अस्पतालको आइसोलेसनमा र अर्का नोवेल हस्पिटलको आइसोलेसनमा रहेका छन् । बिर्तामोडमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको छ । कात्तिक १ देखि ६ गतेसम्म ९३ जनामा संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्