एजेन्सी । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलाइएको आईपिएलको ४० औं प्रतिष्पर्धामा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ ।

जितका लागि १५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेका मनिष पान्डे र विजय शंकरले उत्कृष्ट प्रदर्शनको मद्धतले हैदराबादले राजस्थान रोयल्सलाई पराजित गर्यो । यो जितसँगै हैदराबाद ८ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १० खेल खेलेको उसले ४ मा जित र ६ मा हार ब्यहोरेको छ । त्यस्तै ११ खेल खेलेको राजस्थानले ४ मा जित र ७ मा हार खाँदै सातौ स्थानमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्