झापा, कात्तिक ७ । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

निकट सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्कीले हिजो पिसिआर परीक्षण गराएका थिए । प्रयोगशालाको परीक्षणबाट आज उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री कार्कीले फेसबुक स्टाटस लेख्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएको र अहिलेसम्म अवस्था सामान्य रहेको उल्लेख गरेका छन् । असोज २९ गतेको पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनले केही दिनदेखि सामान्य रुघाखोकीको असर देखा परेपछि एकान्तबास बसेको र परीक्षण गर्दा संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफूसँग सम्पर्क आएका सबैलाई सजग रहन पनि आग्रह गरेका छन् । आफू विराटनगरस्थित घरमा आइसोलेटेड भएर बसेको उनले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्