एकदिन त जाने हो संसार छाडेर , धन र सम्पत्ति घरमा झोलामा, बासको डोलामा लान्छन् खोलामा’ बिहानको ५ बजेको थियो होला रेडियोको यो भजन मेरो कानमा पर्यो । भजनको ध्वनि मेरो कानमा परेसँगै मेरो निन्द्रा खुल्यो बाहिर चिसो– चिसो दशैं आउन लागेको मौसम थियो अनि उठेर ल्यापटप खोलेर लेख्न बसे । भजनका शव्दहरुमा यथार्थ थिए । तर हामीले त्यही कुरा चाहिँ भुलेर हाम्रो कर्म गरिरहेका हुन्छौँ । मृत्यु हाम्रो निश्चित छ तर पनि हामी हाम्रो मृत्यु हुन्छ भन्ने हेक्का बिर्सन्छौं र जीवनमा कर्म गरिरहेका हुन्छौँ ।


संस्कार हामीले भुलिसकेका छौँ । संस्कृति हाम्रो कुरीति भएको छ । म, मेरो र मेरालाई मात्र हुँदै गएको छ हाम्रो संस्कार । संस्कार के हो ? संस्कृति के हो ? आज हामीले बुझ्न जरुरी छ र बुझाउन जरुरी छ । जीवनमा सधै पोजेटिभ हुनु पर्छ । अनि पोजेटिभलाई हामी राम्रो मान्ने समाजमा छौँ । हरेक चिजमा हामी पोजेटिभ रिपोर्ट चाहन्छाँै तर अहिलेको अवस्था भिन्न भएको छ । पोजेटिभको रिपोर्टले हामी सशंकित बन्दै गएका छौँ । त्रसित बन्दै गएका छौँ ।

जीवन स्थिर पोखरी होइन । जो सधैँ एकै ठाउँमा रही रहोस् । जीवन त गतिशील नदी हो । जसले विभिन्न अवरोधहरु पार गर्दै आफ््नो गन्तव्यमा पुग्ने प्रयास गर्दछ । तर, गन्तव्य कहाँ हो भनेर यकिन हुन्न । जीवनलाई गन्तव्यमा पु¥याउन गरिने काम कर्तव्यहरु नै जीवनका भोगाइ हुन् । हामीले हाम्रो जीवन व्यतित गरिरहँदा विभिन्न रोगहरुको सामना पनि गरिरहेका हुन्छौँ । सम्पत्ति नकमाउँदा केही हुन्न ।तर, रोग चाहिँ नलागोस् भन्ने समाजमा हुर्केका हामी, रोगले मानिसलाई कंकालमात्र हैन जीवन नै समाप्त पारेको घटना हाम्रो समाजमा हामीले देखेका छौं ।

संस्कार एक कर्म हो । जसले व्यक्तिलाई गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्धत पु¥याउँछ । भोक लागेर खाना खानु प्रकृति हो , अर्काको भाग खान खोज्नु विकृति हो, सबैले खाए–खाएनन् खोजी गरेर खुवाउनु संस्कृति हो। आफ्ना सदगुणहरु वृद्धि गर्न दोषहरु हटाउनु संस्कार हो । जीवनमा हामीले यी कुरा सिक्न जरुरी छ । हाम्रो जीवनमा प्राकृतिक संस्कार रहेको छ । भोक लाग्नु, रिस उठनु , डाहा इष्र्या , मायामोह आदि जीवनका प्राकृतिक बरदान हुन् । जसलाई हामीले कन्ट्रोल गर्नु पर्छ । सही ठाउँमा प्रयोग गर्न सक्नु पर्छ । जीवनलाई सहज बनाउन सकारात्मक सोचको विकास गर्न सक्नु पर्छ । जीवनमा हामी संस्कारको विकास भन्दा विकृतिको विकासमा लागेको पाउँछौँ । हाम्रो समाजमा मानिस–मानिसबाट लुटिएको छ । मानिस– मानिसबाट ठगिएको छ । मानिस– मानिसबाट मारिएको छ । आखिर ती मानिस किन यस्तो कर्म गर्छन् ?

एकै समाजमा बस्ने मानिसको बिचमा यस्तो फरक विचार किन बढ्दै छ ? यो सब संस्कारको कमी मान्नु पर्छ हामीले । एउटा बालक, म ठूलो न हौ सानै भइरहँु भन्छ । किन कि हामी ठूलो हुँदा हामी स्वार्थी बन्छाँै । मनमा डाहा,इष्र्या बढिरहेको हुन्छ । धन सम्पतिमा हामी बढी लिप्त हुन्छौँ । हाम्रो मानसिक विकास सँगै यस्ता गुणको विकासले पनि हाम्रो मानसपटल स्वार्थी बन्ने गर्छ । एउटा छोरा जसलाई जन्माउन हुर्काउन बुवाआमाले कति संघर्ष गरेका हुन्छन् । छोरा सानो हुँदा बुवाआमाको साथले हुर्कदँै गर्दा बुवाआमाको क्षमता घट्दो हुन्छ । सन्तानको क्षमता बढ्दो हुन्छ अनि त्यही छोराले बुवाआमालाई वृद्घाआश्रम पु¥याएको समाचार हामी सुन्छौँ । हाम्रो संस्कार हो कि संस्कृति हो यसरी विकृति बन्दै छ । सन्तानको सुखभन्दा ठूलो खुसी अरु केही हुन सक्दैन बुवाआमालाई ।
एउटा छोरा विवाह गर्नुपूर्र्वसम्म बुवाआमाको, विवाहपछि बुहारीको भन्ने प्रचलन त हाम्रो समाजमा चलेकै छ । हाम्रो जीवन चक्र हो । हामी छोरा, भाइ, श्रीमान्, काका, बाबु, हजुरबुवा बन्ने गर्दछौँ । भनिन्छ जस्तो कर्म गर्यो उस्तै फल पाइन्छ । सोही अनुरुप हामीले फल पाउँछौँ । ‘बाप बडा न भैया सबसे बडा रुपैयाँ ’भन्ने हिन्दीमा भनाइ छ ।यसले पनि के चरितार्थ गर्छ भने हाम्रो समाजमा पैसालाई बढी महत्व दिने गरेको पाइन्छ । बुवाआमा दाजुभाइको सम्वन्ध भन्दा पनि बढी पैसालाई महत्व दिँदा आज मानिसमा विकृति बढिरहेका छन् ।

आफूभन्दा ठूलाबाट आशिर्वाद थाप्ने, सानालाई आशिर्वाद दिने प्रचलन हाम्रो संस्कारमा मात्र छ । परिवार एक हुने । दुखसुख सबै भेला भएर एकै ठाउँमा मनाउने प्रचलनले परिवारलाई जोडेको छ । हरेक वर्षझैँ यो वर्ष पनि चाडपर्वले मानिसमा हर्सोल्लाष ल्याउने गर्दछ तर यो वर्ष विश्व नै आक्रान्त बनेको अवस्थामा परिवार एकै ठाउँमा भेला नहुने अवस्था भएपनि हाम्रो संस्कार र संस्कृतिलाई हामीले मनाउनै पर्छ ।


नेपाली चाडपर्व जसले हरेक परिवारलाई जोडेर राख्ने परम्परा छ । संस्कार र संस्कृतिलाई चाडपर्वले डो¥याउँदै आएको छ । हामी जो जहाँ भएपनि चाडपर्वले घरको याद, परिवारको याद, साथीभाइको याद एवम् बुवाआमाको हातबाट टिका लगाउन पाए हुन्थ्यो भन्ने सोच चाडपर्व नजिकिदैँ गर्दा हामीले लिने गर्दछौँ । कति बुवाआमा त दशैंको बहानाले गर्दा एक पटक भएपनि सन्तानलाई भेटन् पाइन्छ, नातिनातिनाहरुसँग खेल्न–खेलाउन पाइन्छ भनेर मनमा लड्डु फुटाएर बसेको हामी यसै समाजमा पाउँछाँै । आफूभन्दा ठूलाबाट आशिर्वाद थाप्ने, सानालाई आशिर्वाद दिने प्रचलन हाम्रो संस्कारमा मात्र छ । परिवार एक हुने । दुखसुख सबै भेला भएर एकै ठाउँमा मनाउने प्रचलनले परिवारलाई जोडेको छ । हरेक वर्षझैँ यो वर्ष पनि चाडपर्वले मानिसमा हर्सोल्लाष ल्याउने गर्दछ तर यो वर्ष विश्व नै आक्रान्त बनेको अवस्थामा परिवार एकै ठाउँमा भेला नहुने अवस्था भएपनि हाम्रो संस्कार र संस्कृतिलाई हामीले मनाउनै पर्छ । आशिर्वादको प्रचलनलाई ग्रहण गर्नै पर्छ । ठूलाको आदर सानालाई माया, पारिवारिक जमघटले जीवनमा खुसी ल्याउँदछ । विभिन्न संस्कार संस्कृति र चाडपर्वबीचको एकता हाम्रो समाजमा रहेको छ । हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गराँै । पारिवारिक एकता कायम गरौँ । यो अवस्थामा सचेत र सुरक्षित रहदँै बडादशैँ मनाऔ । वडादशैँको सवैमा शुभकामना छ । सुस्वास्थ्य दिर्घायु एवम् उत्तर–उत्तर प्रगतिको कामना छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्