भद्रपुर, कात्तिक ७ । तीनताल प्रोडक्सनद्वारा संचालित व्यूटी कन्टेस्टमा भद्रपुर ७ निवासी नितिशा राजवंशी विजयी भएकी छन् ।

कोभिड १९ को महामारीका कारण सामान्य स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गर्दै संचालन गरिएको व्यूटी कन्टेस्टमा विजयी राजवंशीलाई नगद २० हजारसहित सम्मान गरिएको थियो । अनलाइनमार्फत सो प्रतियोगिता गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष मनोरथ राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राजवंशी भाषा संस्कृति तथा साहित्य परिषदका अध्यक्ष फुलसिंह राजवंशी रहेका थिए । त्यस्तै विशिष्ठ अतिथिमा सोही परिषदका सचिव तुलाराम राजवंशी र अतिथिहरुमा वडा अध्यक्ष हंशधर राजवंशी,मुनिलाल राजवंशी, लखन राजवंशी, आसिनलाल राजवंशीलगायत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्