बिर्तामोड, कात्तिक ७ । बिर्तामोडमा एक चिकित्सकसहित ११ जना कोरोना संक्रमित आज थपिएका छन् ।

थपिनेमा ३ महिला र ८ पुरुष रहेका छन् ।संक्रमितहरु बिर्तामोड वडा नं १ , ३ , ४ र ५ का भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए । निजी क्लिनिकमा काम गर्ने चिकित्सकलाई संक्रमण देखिएको उनले बताए । बाँकी सर्वसाधारण रहेका छन् । उनीहरुले मेची अस्पताल भद्रपुर र नोवेल हस्पिटल विराटनगरमा पिसिआर परीक्षण गराएका थिए । योसँगै बिर्तामोडमा संक्रमितको सँख्या २६४ पुगेको छ । कोरोना संक्रमणबाट बिर्तामोडमा ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्