दमक, कार्तिक ७ । दैनिक उपभोग्य सामग्रीहरुको थोक तथा खुद्रा बिक्री गर्ने उद्देश्यले दमक ८ मा सजिलो सर्भिस मार्ट सञ्चालनमा आएको छ ।

दमकमा रहेर सामाजिक काममा सकृय रहेको क्लब हिमालयन टाईगर अन्तर्गत रहेको हिटा बिजनेस ग्रुपले दमक ८ स्थित विकास मार्गमा सजिलो सर्भिस मार्ट सञ्चालनमा ल्याएको हो ।
मार्टको शुक्रवार एक कार्यक्रमका बीच दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र दमक नगर खेलकुद विकास समितिका संयोजक तथा दमक ८ का वडा सदस्य भिमराज चम्लागाईले संयुक्त रुपमा उद्घाटन गरे ।
क्लब हिमालयन टाईगरका अध्यक्ष रेवतचन्द्र भण्डारीले सुलभ दरमा नै दैनिक उपभोग्य सामानको थोक तथा खुद्रा बिक्री गर्ने उद्देश्यले मार्टले चाँडै अनलाईन सपिङसहित होम डेलिभरीको सेवा सुरु गर्ने बताए ।
मार्टमा क्लवका ३६ जना सदस्यहरुको २५ हजारदेखि १ लाख रुपैयाँसम्म लगानी रहेको छ ।
सामाजिक सेवामा सकृय रहेको क्लब हिमालयन टाईगरले सेवामुलक काम गर्नको लागि मार्टबाट प्राप्त हुने नाफाको ५ प्रतिशत क्लबमा जम्मा गरिने र अन्य क्षेत्रमा क्लबसंगै मार्ट पनि विस्तार गरिने योजना रहेको अध्यक्ष भण्डारीले जनाएका छन् ।
मार्ट उद्घाटनमा क्लवका उपाध्यक्ष जे विमली,दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, क्लबका सदस्य बिशाल सेडाई, दिपक सुवेदी, भरत दाहाल, मोहन गौतम, राजीव शर्मा, राजन लुइटेललगायतकोउपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्