झापा ,कार्तिक ७ । झापा क्षेत्र नम्बर -१ काठमाडौँ सम्पर्क समितिले जुममार्फत् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा कांग्रेस उपसभापति राम कट्टेल विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा कांग्रेस प्रवक्ता शर्माले विश्वलाई कोरोना भाइरसले त्रसित बनाइरहेको बेला सबैलाई आ-आफ्नो घरमा बसेर चाडपर्व मनाउन आग्रह गरे । शर्माले दशैँको आशिर्वादको रुपमा माक्स लगाऔँ, सामाजिक दुरी कायम राखौँ, साबुनपानीले हात धोऔँ भन्ने सन्देश दिनुपर्नेमा जोड दिए ।
झापा क्षेत्र नम्बर -१ काठमाडौँ सम्पर्क समिति सभापति प्रज्वल कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव पदम निरौलाले गरेका थिए । कार्यक्रममा झापा क्षेत्र नम्बर -१का कांग्रेस वडा सभापति, महिला संघ केन्द्रीय सदस्य गोमादेवी भट्टराई, नेविसंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्