युएई , कात्तिक ८ । युएईको राजधानी अबुधावीमा पहिलोपटक एक नेपाली महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन् ।

नेपालकी ३० वर्षिया एलिशा सुवालले तिम्ल्याहा बच्चाको जन्म दिएकी हुन् । पाँच हप्ताअघि अबुधावीमा रहेको नियोनाताल इन्टेन्सिभ केयर युनिटमा सकुशल बच्चा जन्माएकी एलिशा अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

आमा र बच्चाहरुको स्वास्थ्य अबस्था राम्रो रहेको छ । जन्मिएका बच्चाहरुको तौल १२३०, १२८० र १३२० ग्राम रहेको त्यहाँको गल्फ न्यूजले जनाएको छ । कोरोना संक्रमणको जोखिमको अबस्थामा श्रीमतीलाई सुत्केरी गराएको एलिशाका श्रीमान् विवेक श्रेष्ठले बताए । सेक्युुरिटी सुपरभाइजर काम गर्ने विवेकले आठ वर्षअघि विवाह गरेका थिए । तिम्ल्याहा बच्चा पाएका उनीहरुले दुई सन्तान जन्माउने अपेक्षा गरेका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्