धुलावारी, कात्तिक ८। प्रहरी प्रशासनले पूर्वाञ्चलस्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल खेल रोकेको छ ।

आज हुने भनिएको फाइनल खेल प्रहरी प्रशासनको अवरोधका कारण हुन पाएन । धुलावारी भेट्रान्सको आयोजनामा धुलावारीको लिलाबस्तीमा भइरहेको फुटबल प्रतियोगिताको फाइनलमा दमक भेट्रान्स र झापा भेट्रान्स भिड्ने भएका थिए ।
कोरोना भाइरसको संक्रमण देखाउँदै सशस्त्र प्रहरीले आएर फाइनल खेल गर्न नदिएको आयोजकले जनाएको छ । प्रतियोगिता शुरु गर्न दिएर फाइनल खेल रोक्नु राम्रो नभएको नेपाल बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष एवं बिर्तामोड ३ भेट्रान्सका कप्तान भोजराज सिटोलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्