एजेन्सी । स्पिनर वरुण चक्रवर्तीको वलको जादूले कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको जित हासिल गरेको छ ।

कोलकाताका तर्फबाट पाएको १९५ रनको लक्ष्यको जवाफमा दिल्लीको टीमले २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १३५ रन बनाउन सक्यो ।
कोलकाताका लागि वरुण चक्रवर्तीले २० रन दिएर पाँच र पैट कमिन्सले १७ रन दिएर तीन विकेट हासिल गरे । वरुण चक्रवर्ती म्यान आफ द म्याच चुनिए । आईपिएल—१३ मा कोलकाताको यो छैठौ जित हो । जबकि दिल्लीले चौथो पटक हार ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्