बिर्तामोड , कात्तिक ९ । बामपन्थी नेता डिल्लीकुमार मैनालीको आज विहान निधन भएको छ ।

७३ वर्षिय मैनालीको बिर्तामोड ८ स्थित आफ्नै घरमा विहान ५ बजे निधन भएको हो ।उनीमा युरिक एसिड , सुगर र पेटसम्बन्धी समस्या रहेको जनाइएको छ । पूर्व प्रधानपञ्च मैनाली तत्कालीन गरामनी गाबिसको दुईपटक प्रधानपञ्च भएका थिए । उनी २०३७ र २०४४सालमा गरामनीको प्रधानपञ्च भएका थिए । त्यस्तै जिल्ला विकास समितिको सदस्य पनि भएका थिए । नेपालमा बहुदल ल्याउन जनपक्षीय नेता मैनालीले ठूलो योगदान दिएका थिए । २०४६ सालको आन्दोलनमा पक्राउ परेका मैनाली २१ महिना जेल बसेका थिए । पछि बहुदल आएपछि उनलाई सिराहा जेलबाट मुक्त गराइएको थियो । कम्युनिष्ट विचारधाराका जनवादी नेता मैनाली पहिला एमालेमा थिए । त्यसपछि माले , माओवादी , जनमोर्चालगायतका पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्