बिर्तामोड,कात्तिक ९ । बिर्तामोड क्षेत्रका समाजसेवी पर्शुराम ढकालको आज विहान निधन भएको छ ।

बिर्तामोड क्षेत्रकै सबैभन्दा पुराना बासिन्दा ढकालको विहान १० बजे ९९ वर्ष ४ महिनाको उमेरमा निधन भएको हो । खासै विरामी नभएका ढकालमा केही दिनदेखि सुगर बढेको छोरा मोहन ढकालले बताए । वयोबृद्ध ढकालले विभिन्न सामाजिक कार्य गरेका थिए । उनको आज दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय ढकालका छोराहरु मोहन ढकाल , स्व. मदन ढकाल , लक्ष्मण ढकाल , स्व. भरत ढकाल , अरुण ढकाल , सुरेश ढकाल , छोरी दुर्गा ढकाल , ज्वाइँ भीष्म आचार्य र दुई दर्जनभन्दा बढी नातिनातिनाहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्