एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले यूएईमा जारी १३ औं संस्करणको आईपिएल टी—ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ ।

दुबईमा आइतबार भएको खेलमा चेन्नईले बैंग्लोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईको जितमा ऋतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्रसिंह धोनी १९ रनमा अविजित रहे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ भने चेन्नई सातौं स्थानमा उक्लिएको छ ।
बैंग्लोर भने शीर्ष स्थानमा उक्लन असफल भएको छ । बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्