एजेन्सी । बेन स्टोक्सको शतक र संजू सैमसनको अर्धशतकको मद्धतले राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ ।

मुम्बई इन्डियन्सका तर्फबाट जितका लागि मिलेको १९६ रनको बिशाल लक्ष्यलाई राजस्थानका ती दुई ब्याट्समेनहरुले सहज बनाइदिए । १० वल बाँकी रहँदै टीमलाई जित दिलाए ।
स्टोक्सले नटआउट १०७ र सैमसनले नटआउट ५४ रन बनाए । ती दुवैलें तेस्रो विकेटका लागि १३.४ ओभरमा १५२ रनको अविजित साझेदारी गरे । उनीहरुको जबरदस्त ब्याटिङको अगाडि मुम्बई इन्डियन्सका बलरहरुको जोर चलेन । मुम्बईका लागि जेम्स पैटिन्सनले दुई विकेट लिए ।
यसअघि मुम्बईका लागि हार्दिक पांड्याले मात्र २१ वलमा नटआउट ६० रन बनाएका थिए । तर स्टोक्स र सैमसनले उनको पारीलाई जितेर देखाइदिए । स्टोक्स म्यान अफ द म्याच चुनिए ।
आईपिएल १३ मा राजस्थान रोयल्सको यो पाँचौ जित हो । अब राजस्थान छैठौं स्थानमा उक्लिएको छ । मुम्बईले भने चौथो पटक हार ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्