बिर्तामोड , कात्तिक १० । यसवर्ष लुगा र मेला नभएपछि बिर्तामोड नगरपालिका वडा नं ३ र १० का मुसहरहरु खिन्न छन् ।

लायन्स क्लबले मुसहर वस्तीमा लुगा बाँड्दै

बिर्तामोड ३ स्थित अधुवा खोलाको बगर र छेउमै वडा नं १० का विपन्न मुसहरहरुले यस वर्ष कसैबाट पनि दशैमा सहयोग पाएनन् । विगत ३ वर्षदेखि उनीहरुलाई विभिन्न दाताहरुले खाद्यान्नसहित दशै. लुगा दिदँै आएका थिए । त्यही खाद्यान्न र लुगाले उनीहरुले दशैं मनाउने गर्थे । दाताहरुले दिएको लुगाले उनीहरुले दशैं मेला भर्ने गर्थे । तर , यस वर्ष ती मुसहरहरुलाई सहयोग गर्ने कोही दाता निस्किएनन् । ‘यस वर्ष लुगा पनि छैन मेला पनि छैन ’ बिर्तामोड ३ की अन्जु ऋषिदेव चौधरीले भनिन् । जनमजदुरी गरीखाने विपन्न मुसहरहरुका लागि प्रत्येक वर्ष दशैंमा सहयोगको जोहो हुँदै आएकोमा यस वर्ष कोरोना संक्रमणका कारण गर्न नसकिएको सहयोगी इन्द्रसिंह राजवंशीले बताए । उनले कोरोनाकै कारण सहयोगका लागि दाताहरुलाई आव्हान गर्न नसकिएको जानकारी दिए । दुवै वस्तीमा १९ घर मुसहर रहेका छन् । उनीहरुलाई विभिन्न दाताहरुले निरन्तर सहयोग गर्दै आएका छन् । गत वर्ष लायन्स क्लब अफ बिर्तामोड लेडी र शिखर बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न र दशैं लुगा दिएका थिए । त्यसको अघिल्लो वर्ष छठ समाज बिर्तामोड र हर्क श्रेष्ठले दशैं लुगा वितरण गरेका थिए । कोरोना संक्रमणका कारण मेला नलाग्दा लुगाको त्यति आबश्यकता नभएपनि घरमा खानेकुराको समस्या भएको अन्जुले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्