बिर्तामोड , कात्तिक १० । प्रगतिशील समालोचक जयप्रसाद ढकालको आज दिउँसो निधन भएको छ ।

अर्जुनधारा ९ निवासी ढकालको ८७ वर्षको उमेरमा दिउँसो ३.४५ बजे आफ्नै घरमा निधन भएको हो । उनी केही वर्षदेखि अल्जाइमर रोगले पीडित थिए ।२०१२ सालमा नेपाल प्रगतिशील लेखक संघका महासचिव भएका ढकालका तीनवटा कृति प्रकाशित छन् । साहित्य र संस्कृतिलगायतका कृति उनले सिर्जना गरेका थिए ।प्रगतिशील विचारधाराबाट अभिप्रेरित भएर उनी कम्युनिष्ट पार्टीमा लागेका थिए । तर, त्यसमा उनी धेरै समय बसेनन् । राजनीति छोडेर पछिल्लो समय व्यवसायमा लागेका थिए । रबर खेती र रबर उद्योगमा उनी पछिल्लो समय लागेका थिए । उनी उत्कृष्ट समालोचक भएको साहित्यकार कृष्ण धरावासीले बताउँदै निधनप्रति दुख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्