एजेन्सी । किंग्स इलावेन पन्जाबले गएराति शारजाहमा खेलाइएको म्याचमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराउँदै आईपिएल १३ मा लगातार पाँचौं जित हासिल गरेको छ ।

पन्जाबले कोलकाताका तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य १९ ओभरमा हासिल गर्यो । पन्जाबका लागि मनदीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन बनाए । मनदीप र गेलका बीच दोस्रो विकेटका लागि १०० रनको साझेदारी भएको थियो । पाँच छक्का र दुई चौकाको पारी खेल्दै म्याच पन्जाबलाई दिलाउने गेल म्यान अफ द म्याच चुनिए ।
आईपिएल १३ मा पन्जाबको यो छैठौं जित र कोलकाताको छैठौं हार हो । पन्जाबको टीम १२ अंकका साथ अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्