एजेन्सी । रिपोर्ट अनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रूसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ ।

हमलामा धेरै लडाकु घाइते भएका छन् । हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ । फायलाक—अल—शाम नामक संगठनको प्रशिक्षण अड्डालाई लक्षित गरी हमला गरिएको थियो । सो हमलापछि इदलिबमा रूस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम खतरामा परेको छ ।
सिरियामा जारी गृहयुद्धमा रूसले टर्की विरोधी पक्षलाई समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्