दमक,कार्तिक ११ । नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नीशोक परेको छ ।

कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारेमा बस्दै आएका उनकी धर्मपत्नी ८५ बर्षिया रमादेवी दाहालको गएराति विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि पेट तथा नसा रोगले पीडित थिइन् ।
कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य समेत रहेका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका एक अग्रज मानिन्छन् ।
स्व. रमादेवीकी जेठा छोरा बिनोद ,प्रमोद र आमोद दाहाल र छोरी प्रमिला अधिकारी रहेका छन् । प्रमोद स्थानीय सुम्निमा कृषि सहकारी संस्थाका अध्यक्ष तथा रेडक्रस लखनपुरका कोषाध्यक्ष पनि हुन् । मृतकको शव आज कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्