बिर्तामोड, कात्तिक ११ । कोरोना संक्रमण भएपछि विराटनगरमा उपचार गराइरहेका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई रेफर गरी आज साँझ सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ नआएका उनलाई थप उपचारका लागि भारतको सिलगुडी लगिएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनले दुई सातादेखि विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए ।
नगर प्रमुख आचार्यको फोक्सोमा असर देखिएपछि उनलाई सिलगुडी लगिएको हो । यद्यपि उनको स्वास्थ्य अबस्था सामान्य देखिएको बताइएको छ । आज साँझ ५.३० बजे विराटनगरबाट काँकरभिट्टा ल्याइएका आचार्यलाई एम्बुलेन्स चढाएर सिलिगुडी लगिएको हो । कोरोना संक्रमण भएपछि उनी केही दिन घरमै बसेका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्