बिर्तामोड , कात्तिक १२ । बिर्तमोडका एक टेलिभिजन पत्रकारसहित झापामा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा २ महिला र ९ पुरुष रहेका छन् ।
मेचीनगर , बिर्तामोड र भद्रपुरमा संक्रमित थपिएका हुन् । मेचीनगरमा एक महिला र ४ पुरुष गरी पाँच जना थपिएका छन् । उनीहरु वडा नं ११ का हुन् । त्यस्तै बिर्तामोडमा एक महिला र दुई पुरुष गरी तीन जना संक्रमित थपिएका छन् । संक्रमितहरु वडा नं ३ र ५ का रहेका छन् । वडा नं ३ का एक टेलिभिजन पत्रकारलाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए । त्यस्तै भद्रपुरका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुले मेची प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गराएका थिए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या १८९९ पुगेको छ ।