दमक, कार्तिक १२ । झापाको दमकमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

दमक २ स्थित डम्बरे बाँधमा घुम्न आएका एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको मिक्लाजुङ ५ घर भएका २२ बर्षीय मुकेश मगर रहेका छन् ।आज दिउँसो १.४५ बजे पौडी खेल्ने क्रममा बेपत्ता भएका मगरको शव खोजी गर्न इलाका प्रहरी कार्यालय दमकको टोली खटिएको थियो । उनलाई ३.४५ बजे बाँधमै मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्