एजेन्सी । आईपिएल १३ को गएराति अबुधाबीमा भएको ४८ औ म्याचमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

मुम्बईका सामु जितका लागि १६५ रनको लक्ष्य थियो । जसलाई उसले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा हासिल गर्यो । यो जितसँगै मुम्बई इन्डियन्सले १६ अंकका साथ अन्तिम चारमा स्थान बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरको टीम निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । यो जितसँगै मुम्बई १२ म्याचमा आठ जित, चार हार र १६ अंकसहित प्लेअफ अर्थात अन्तिम चारमा पुग्ने पहिलो टीम बनेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्