हेलो दिपेन के छ यार ! दशै त नेपालमा राम्रो नै लाग्यो जस्तो देख्छु , सबैले फेसवुकको माई डे मा विदेशी मदिरा राखेको देख्छु । हैन चाडपर्व आउनु भनेको त महँगा मदिराहरुको प्रतिष्पर्धा जस्तो पो देखिन्छ त नेपालमा । अनि नेपालमा खानेकुरा देखाउने प्रचलन मान्नु पर्छ यार । खाए– नखाए पनि अरुलाई देखाउनु पर्ने कस्तो संस्कार बन्दैछ यार नेपालमा ! अनि कोभिड–१९को महामारीले दिनप्रतिदिन नसोचेका मानिस मरिरहेको देख्छु विदेशतिर त ६० वर्ष कटेका मानिसको मात्र मृत्यु भएको देखिन्थ्यो तर नेपालमा त उमेरको कुनै हदै भएन न सोचेको मानिसको मृत्युले म त छक्क परिसकेँ यार ! एक जना मेरा कलेज पढ्दाको साथी जो विदेशमा संघर्ष गरिरहेको छ । उसले फोनमा मसंग गरेको गफको केही सारांश हो । जव साथीले मलाई भन्यो तव मलाई नि लाग्यो साँच्चै यो हाम्रो चाडपर्व मनाउने तरिका के हँुदैछ । संस्कृति अँगालिदैछ कि, विकृति भित्र्याइदैछ । अनि हामी आफू रमाउन खोज्दैछौ कि अरुलाई दुखी बनाउन खोज्दैछौ । के हामीले अरुलाई देखाउनै पर्ने हो त ?

सप्तमीदेखि विदा भएर घरमा बसेका छौ आज दशैको तेस्रो दिन भएको छ । कतिलाई घरमा बस्दाबस्दा बोर लागिसक्यो होला त कतिलाई काममा फर्कन पाए हुन्थ्यो भन्ने पनि भैसक्यो होला । जे जसरी भएपनि हामीले हाम्रो पर्व मनायौ नै होला । कोरोनाको कहर होस् कि दशैको रहर हामी रमाएका छौ, दुख भुल्न खोजेका छौ । देश विदेशबाट घरमा भेला भयांै होला या आआफ्नो ठाउँमा रहेर भएपनि हाम्रो पर्व मनाउँदै होलाऊँ । कोरोनाको कहरमा जसको घरमा रिपोर्ट नेगेटिभ आयो उसको परिवारमा त दशै रमाईलो नै भयो होला, तर जसको रिपोर्ट पोजेटिभ आयो उसको परिवारमा त दशै के, दशा आएजस्तो भएको छ !

परिवारबाट अलग रहेर एक्लै होम क्वारेन्टाइनमा दशै मनाउन बाध्य छन् त कोही अस्पतालको क्वारेन्टाइनमा बसेका छन् । कसैलाई कोरोना भएपनि सामान्य देखिएर रिपोर्ट नेगेटिभको पर्खाईमा बसेका छन् त कोही अस्पतालको बेडमा सास रोकिदै फेर्दै कोरोनासंग जुधिरहनु भएको छ । कोही कोरा कपडामा बाआमाको किरिया गर्दै हुनुहुन्छ । यो अवस्थामा नेपालीहरुले महानपर्व बडादशैलाई आ–आफ्नो तरिकाबाट मनाईरहेका छन् ।

साथीको बुबालाई कोरोना पोजेटिभ छ उपचारको क्रममा अस्पतालमा हुनुहुन्छ भनेर थाहा पाएपछि टिकाको दिन विहान साथीलाई फोन गरँे– के छ साथी बुबाको खवर कस्तो छ सुधार भयो ? भनेर सोध्दा बुबाको अवस्था त ठिकै छ तर जो बुवासंगै विरामी थिए उसंग मेरो गफ हुन्थ्यो बुवा र मसँगै छौ मलाई ठिक छ बुबालाई अलि गाह्रो छ दाजु , तर म हेर्दै छु भनेको भाइको मृत्यु भयो दिपेनजी के गर्ने , बुवासंग गफ हुँदै छ ठिकै छ भन्नु हँुदैछ के गर्नु यार यो रोग नै कस्तो कस्तो बुवालाई गएर हेर्न पनि नसकिने भेट्न पनि नसकिने बाहिर होटलमा बसेको छु भगवानसंग प्रार्थनाबाहेक अरु म केही गर्न सक्दिनँ भनेर साथीले मलाई भन्नुभयो । ल साथी आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला सचेत र सुरक्षित रहनु होला अनि भगवानसंग प्रार्थना गर्छु बुवाको स्वास्थ्यलाभको कामना गर्दछु भन्दै फोन राखँे । साथीसंगको यो गफले मन भारी भयो । बाहिर चाडपर्वको उल्लास भएपनि मनभित्र रौनक थिएन । एउटा साथीले अर्को साथीलाई पनि केही सहयोग गर्न नसक्दा । उपस्थित भएर सहानुभूति प्रकट पनि गर्न नसक्ने कस्तो विडम्वना ! यो अहिलेको अवस्था हो । तर पनि के गर्नु टिकाको दिन थियो मैले साईतमा नै टिका लगाए ।

यसपालीको दशै यी यस्तै घटनाले गर्दा निधारमा टिका लगाएपनि मनमा खुसी छैन । घरमा त खुसी होला तर गाउँ खुसी छैन , समाजमा खुसी छैन , देश खुसी छैन ।चाडपर्व नजिकिदै गदै मनमा उमंग हर्ष छाउँछ । अझ दशैको आगमनले त मानिसमा मात्र उमंग हैन मौसममा पनि रमाईलोपन देखिन्छ । शितल मौसम हरियाली वातावरणले त्यसै खुसी ल्याउँछ तर अवस्था त्यस्तो छैन ।
कोही घरमा नै परिवारबाट अलग रहेर एक्लै होम क्वारेन्टाइनमा दशै मनाउन बाध्य छन् त कोही अस्पतालको क्वारेन्टाइनमा बसेका छन् । कसैलाई कोरोना भएपनि सामान्य देखिएर रिपोर्ट नेगेटिभको पर्खाईमा बसेका छन् त कोही अस्पतालको बेडमा सास रोकिदै फेर्दै कोरोनासंग जुधिरहनु भएको छ । कोही कोरा कपडामा बाआमाको किरिया गर्दै हुनुहुन्छ । यो अवस्थामा नेपालीहरुले महानपर्व बडादशैलाई आ–आफ्नो तरिकाबाट मनाईरहेका छन् ।

चाडपर्व भनेको साथीभाइ भेला भयो ,महँगा मदिरा पिउनमा प्रतिष्पर्धा गर्यो, जुवातास खेल्यो यसरी नै दशै मनाउने जमात पनि यसै समाजमा भेटिन्छन् । टिका लगाउन हिड्न खासै मन लाग्दैन,आफन्त मान्यजनको हातबाट आशिर्वाद थाप्नुभन्दा साथीभाइ भेला भएर मेरिज खेल्नै रमाइलो मान्न आज हामी थालेका छौ ।मानिस सामाजिक प्राणी हो समाजमा बस्छ समाजमै रमाउँछ र समाजमै आफ्नो कर्म गर्छ तर आजको अवस्था यही समाजले छिछि दुरदुर भन्ने अवस्थामा हामी गुिज्ररहेका छौ । पर्व हाम्रो हो मनाउनु पर्छ तर परिवारमा रमेर मनाऔं । संस्कार र संस्कृतिको जगेर्ना गरौ । आउने पुस्ताले चाडपर्व भनेको जुवातास र मदिरापान गर्ने बेला हो भनेर नवुझोस् । चाडपर्व भनेको संस्कार सिकाउने र संस्कृति देखाउने बेला भएको हुँदा सन्तान र सन्ततिलाई हामीले यी कुरा सिकाऔं बुझाऔं । ठूलाबाट टिका थाप्दै आशिर्वाद लिऔं सानालाई आशिर्वाद दिऔं ।अन्तमा, जो जहाँ कोरोनासंग जुध्दै, लड्दै हुनुहुन्छ उहांँहरुलाई नौदुर्गा भवानीको प्रसादले शक्ति मिलोस् । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सचेत र सुरक्षित रहदै पर्व मनाऔ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्