भद्रपुर , कात्तिक १३ । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको एक लाख मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।

आज बिहान ११ बजे कचनकवल गाउँपालिका ४ खुट्टामुनि झिल पोखरीको डिलमा सीमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो । भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली बिभिन्न आईटमका पटकाहरु ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर पटाका फ्यालेर ल्याउने व्यक्तिहरु फरार रहेको र उक्त पटाका सीमा प्रहरी चौकी केचनामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्