झापा, कात्तिक १३ । कनकाई नगरपालिकाका २० सहित आज झापामा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा सबैभन्दा बढी कनकाई नगरपालिकाका रहेका छन् । संक्रमितहरुमध्ये कनकाई नगरपालिकाका ५ महिला र १५ पुरुष रहेका छन् । कनकाईको कोटीहोमस्थित ल्याबमा परीक्षण गराएकामध्ये विभिन्न पालिकाका १७ र कनकाई नगरपालिकाका ३ जनालाई संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । त्यस्तै भद्रपुर नगरपालिकामा ४ महिला र ६ पुरुष गरी १० जना संक्रमित थपिएका छन् । उनीहरु ८ , ५ , १० र ९ नं वडाका हुन् । त्यसमध्ये विभूति विद्या मन्दिरका प्रिन्सिपल तथा प्याव्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल पनि रहेका छन् । त्यस्तै दमकका दुई पुरुष , बिर्तामोडका एक पुरुष , मेचीनगरका एक पुरुष र कमलका एक महिलामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा मनमोहन हस्पिटलका एक चिकित्सकलाई कोरोना देखिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्