झापा , कात्तिक १३ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का ६४ वर्षिय पुरुष रहेका छन् । उनको आज विहान उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । उनलाई ४ दिनअघि उपचारका लागि विराटनगर लगिएको थियो । मृतकको शवलाई नेपाली सेनाले कनकाई आर्यघाटमा अन्त्येष्टि गरेको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ र झापामा ३० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्