एजेन्सी । गएराति दुबईमा खेलाइएको आईपिएलको प्रतिष्पर्धामा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि ६ विकेटको जित हासिल गरेको छ ।

चेन्नई सुपर किंग्सले १७३ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम वलमा हासिल गरेको हो । अन्तिम वलमा रविन्द्र जडेजाले छक्का हान्दै कोलकाता नाइट राइडर्सको सपना तुषारापात गरिदिएका हुन् । यसअघि नीतीश राणाको धमाकेदार ब्याटिङको मद्धतले कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा पाँंच विकेटको क्षतिमा १७२ रन बनाएको थियो । चेन्नई १० अंकका साथ अंकतालिकाको सबैभन्दा पुछारमा छ भने कोलकाता १२ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्