दमक, कार्तिक १४ । कोरोना संक्रमणबाट झापाको दमकमा आज विहान एक जना पुरुषको मृत्यु भएको छ ।

दमक ४ घर भएका ४२ बर्षिय बिश्वकर्मा थरका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
चार दिनअघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेको आइसोलेसनमा बसेका उनी मिर्गाैलाका विरामी समेत भएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ महिलासहित १५ पुगेको छ । दमकमा हालसम्म ४०९ जनामा संक्रमण देखिएकामध्ये आधा बढी उपचारपछि जाति भएको भट्टराईले बताए । उनका अनुसार संक्रमणबाट निको हुनेको संख्या २५४ छ भने सक्रिय संक्रमितको संख्या १४३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्