शिवसताक्षी, कात्तिक १४ । झापा शिवसताक्षीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. २ का भट्टराई थरका ३५ वर्षिय युवकको कोरोनाका कारण मृत्यु भएको हो । पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि अक्सिजन राखेर उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वासप्रश्वासमा समस्या देखिन थालेपछि दुई दिनअघि नोवेल अस्पताल विराटनगर लगिएकोमा त्यही आज विहान उनको मृत्यु भएको शिवसताक्षीका स्वास्थ्य शाखाका रोशन अधिकारीले जानकारी दिए । उनले दमकमा मोबाइल पसल संचालन गर्दै आएका थिए । मृतकका भाइको पनि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका बेला करीव ६ महिनाअघि कोरोनाको कारण मृत्यु भएको थियो । मृतकको शुक्रबार नै नेपाली सेनाको टोलीले कनकाई माईमा दाहसंस्कार गर्न लागेको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्