भद्रपुर , कात्तिक १४ । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्काई पिसिआर ल्याब कोटिहोममा गरिएको पिसिआर परीक्षणमा आज अध्यक्ष सापकोटाको रिपोर्ट पोजिटिभ आएको हो ।
केही दिनयता ज्वरो आउने, जिउ र टाउको दुख्ने लगायतका लक्षण देखिएपछि अध्यक्ष सापकोटाले पिसिआर परीक्षण गराएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्