झापा , कात्तिक १४ । झापामा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ९ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु १३ महिला र २१ पुरुष रहेका छन् । कार्यालयका अनुसार बिर्तामोडमा ३ महिला र ९ पुरुष संक्रमित थपिएका छन् । उनीहरु १, २, ३, ५, ६ र ७ नम्बर वडाका स्थानीय बासिन्दा हुन् । तर , बिर्तामोड नगरपालिकाले भने शुक्रबार ७ महिला र ९ पुरुष गरी १६ जना थपिएको जनाएको छ । बिर्तामोडपछि कनकाई नगरपालिकामा ७ जना संक्रमित थपिएका छन् । जसमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरु ३, ४ र ८ नम्बर वडाका बासिन्दा हुन् । यस्तै, भद्रपुर नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ र ८ का उनीहरु २ महिला र ५ पुरुष छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या १९३९ पुगेको छ । जसमध्ये १२७४ निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्