एजेन्सी । गएराति अबुधाबीमा खेलाइएको आईपिएल टूर्नामेन्टको ५० औं प्रतिष्पर्धामा राजस्थान रोयल्सले किंग्स इलावेन पन्जाबलाई सात विकेटले हराएको छ ।

राजस्थान रोयल्सले जितका लागि पाएको १८६ रनको लक्ष्य १८ ओभरमा तीन विकेटको क्षतिमा हासिल गर्यो । बेन स्टोक्सले सर्बाधिक ५० रन बनाए भने संजू सैमसनले दुई रनले आफ्नो अर्धशतक पूरा गर्न सकेनन् । यसअघि किंग्स इलावेन पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १८५ रन बनाएको थियो । क्रिस गेलले शानदार ९९ रनको पारी खेलेका थिए । राजस्थान १२ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने पन्जाव पनि समान १२ अंकका साथ एक स्थानमाथि चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्