झापा , कात्तिक १५ । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ ।

प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ बर्षको उमेरमा निधन भएको हो । भरतपुर १०, दुरसंचार रोड निवासी अधिवक्ता वस्तीले काठमाडौंमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गराइरहेका थिए । उपचारको क्रममा उनलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएको र उपचारकै क्रममा मृत्यु भएको उनका भाइ अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिए । नेपाल बार एसोसिएसन चितवनका सदस्य समेत रहेका वस्ती विभिन्न सामाजिक सस्थाहरुमा समेत आबद्ध थिए । उनको श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्