झापा , कात्तिक १५ । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको एक लाख मूल्य बराबरको पटाका प्रहरीले फेरि बरामद गरेको छ ।

हिजो साँझ ७.३० बजे मेचीनगर नगरपालिका वडा नं १५ हेल्दुबारीमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो । भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी एक लाख बराबरको सामान बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । यसअघि बिहीबार कचनकवलमा प्रहरीले एक लाख मूल्य बराबरको पटाका बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्