झापा , कात्तिक १५ । झापा बिर्तामोडका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ५ भद्रपुर पुरानो रोड निवासी ६५ वर्षिय कपुरचन्द चौधरी रहेका छन् । उनको गएराति उपचारका क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको परिवारले जनाएको छ । मृतकको लाश लिनका लागि नगरपालिकाको शववाहनलाई विराटनगर पठाइएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्