गौरीगञ्ज, कार्तिक १५ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी बस्ने एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

लामो समयदेखि दम र मुटु सम्बन्धी रोगबाट ग्रसित ७१ बर्षिय हेमसागर अधिकारीको उपचारका क्रममा धरान स्थित विपी कोभिड अस्पतालमा गएराति मृत्यु भएको गौरीगञ्ज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।
नियमित उपचार गराउन नोवेल हस्पिटल विराटनगर गएका बेला उनको गत कार्तिक १ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । खर्चको अभाव भएपछि त्यहाँबाट उनलाई गौरीगञ्ज कोभिड अस्पतालमा ल्याईएको थियो । रगतको मात्रा र मुटुको चाल कम भएर आइसियुमा राखेर उपचार गराउनु पर्ने भएपछि उनलाई कार्तिक ६ गते थप उपचारका लागि धरान लगिएको थियो । धरानमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गराईएको थियो । मृतक अधिकारीको शवलाई ल्याएर कनकाई माईमा दाहसंस्कारको तयारी भईरहेको मिश्रले जानकारी दिए । मृतकका छोरा पनि संक्रमित हुन् । उनको गौरीगञ्ज कोभिड अस्पतालमा उपचार भइरहेको छ । गौरीगञ्जमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्