झापा , कात्तिक १५ । भारतबाट प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

आज दिउँसो ३.ः४५ बजे मेचीनगर नगरपालिका वडा नं. ६ मा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ब्राउनसुगर ल्याउँदै गर्दा पश्चिम बंगाल खोरीबारी बस्ने २५ वर्षिय सादिक आलमलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा आलमको साथबाट २६ ग्राम(प्लाष्टिक बाहेक) ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्