एजेन्सी । सनराइजर्स हैदराबादले गएराति शारजाहमा शानदार अलराउन्ड प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

हैदराबादले बैंगलोरका तर्फबाट प्राप्त १२१ रनको लक्ष्यलाई ३५ वल बाँकी छदै पाँच विकेटको क्षतिमा हासिल गरेको हो । हैदराबादका लागि ऋद्धिमान साहाले ३९ र मनीष पांडेयले २६ रन बनाए । हैदराबादलाई छक्का हान्दै जित दिलाउने जेसन होल्डर १० वलमा २६ रन बनाएर अविजित रहे । बैंगलोरका लागि युजवेंद्र चहलले १९ रन दिएर दुई विकेट लिए । हैदराबादको आईपिएल १३ मा यो छैठौ जित हो । जबकि बैंगलोरलाई छैठौं पटक हारको झट्का लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्