बिर्तामोड , कात्तिक १६ । गएराति बिर्तामोड नगरपालिका वडा नं ९ मा आगलागी भएको छ ।

स्थानीय सहदेब थपलियाको परालमा आगलागी भएको हो । राति पौने १० बजेतिर बाटोको छेउमा रहेको परालको कुन्युमा कसैले आगो लगाइदिएको हुनसक्ने आशंका गरिएको छ । करीब दुई घण्टा लगाएर स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाका बारुण यन्त्र कार्यालयका इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए । उनले आगलागीबाट आधा जति पराल डढेर नष्ट भएको र आधा जोगाउन सफल भएका जानकारी दिए ।