दमक , कात्तिक १६ । मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा हिजो साँझ एक महिलाको बिभत्स शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न सकेको छैन । घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
घटनास्थलको प्रकृति हेर्दा गाडीले हानेर महिलाको मृत्यु भएको हुन सक्ने अनुमान छ । महिलाको शव पोस्टमार्टमको लागि मंगलबारे अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्