भद्रपुर , कात्तिक १६ । दलित आन्दोलनका अगुवा पूर्णबहादुर दियालीको निधन भएको छ ।

कन्काई नगरपालिका ३ सुरुङा निवासी करीव ६५ वर्षिय दियालीको आज बिहान उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा निधन भएको हो । उनको अबस्था गंभीर बनेपछि आइसियुमा भर्ना गरिएको थियो । सुरुङ्गाका पुराना सुन ब्यवसायी दियाली मिर्गौलाका विरामी रहेका थिए ।उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको मेची प्रादेशिक प्रयोगशालाका फोकल पर्सन जितेन्द्र झाले बताए । सुनारे कान्छा नामले परिचित उनी नेपाल दलित संघका पूर्व उपसभापति , दियाली बन्धु सेवा समाजका संस्थापक अध्यक्ष रही विभिन्न सामाजिक संस्थामा आबद्ध रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्