दमक , कात्तिक १६ । झापाको दमकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का दंगाल थरका ६७ वर्षिय बृद्ध रहेका छन् । उनको आज दिउँसो नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । उनलाई कात्तिक १० गते उपचारका लागि विराटनगर लगिएको थियो । आजै दमकमा अर्का कोरोना संक्रमितको मृत्यु भएको थियो । दमक ७ का अन्दाजी ५० बर्षिय वस्ती थरका पुरुषको नोबेल हस्पिटलमै मृत्यु भएको थियो । उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्