दमक , कात्तिक १६ । दमकमा आज साँझ फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ७ की शाक्य थरकी ५५ वर्षिया महिला रहेकी छन् । ती महिलालाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल ल्याउँदा ल्याउदै साँझ ६ बजे बाटैमा मृत्यु भएको हो । उनलाई चार दिनअघि कोरोना पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । दमकमा आज मात्र तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ र जिल्लामा ४७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्