एजेन्सी । कप्तान इयान मोर्गनको धमाकेदार पारीपछि पैट कमिन्सको घातक बलिङको मद्धतले कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।

कोलकाताका तर्फबाट जितका लागि प्राप्त १९२ रनको चुनौतीको जवाफमा राजस्थानको टीमले २० ओभरमा नौ विकेटको क्षतिमा मात्र १३१ रन बनाउन सक्यो । कोलकाताका लागि पैट कमिन्सले चार विकेट लिए । शिवम मावी र वरुण चक्रवर्तीले दुई—दुई विकेट लिए ।
कोलकाताले आईपिएल १३ को ५४ औ म्याचमा हासिल गरेको यो जितबाट प्लेअफमा प्रवेश गर्ने आशा जीवित राखेको छ । यो जितसँगै कोलकाताको टीम आठौ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । तर, राजस्थानको आइपिएल यात्रा भने समाप्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्