बिर्तामोड , कात्तिक १७ । कोरोना संक्रमणबाट झापाको बिर्तामोडमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ५ का ६२ वर्षिय देवीप्रसाद भट्टराई रहेका छन् ।

उनको आज बिहान २ बजे उपचारका क्रममा विराट मेडिकल कलेज विराटागरमा मृत्यु भएको हो । कात्तिक २ गते उनलाई संक्रमण पुष्टि भएपछि सोही दिन विराटनगर लगिएको थियो । मृतकको लाश लिनका लागि बिर्तामोड नगरपालिकाको शवबाहन पठाइएको परिवारले जनाएको छ । मृतक अलैची व्यवसायी निर्मल भट्टराईका बुवा हुन् । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्