दमक, कात्तिक १७ । कोरोना संक्रमणबाट झापा दमककी एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
दमक नगरपालिका वडा नं ८ घर भई विराट मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाफ नर्स ६५ वर्षिया लमु तामाङको मृत्यु भएको हो । उनको हिजो बेलुका ८ बजे मृत्यु भएको र घटनाबारे परिवारलाई खबर गरिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै हिजो कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ४ पुगेको छ । दमकमा हालसम्म संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको सँख्या४१९ पुगेको छ ।