दमक ,कार्तिक १७ । नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध जनवर्गीय संगठन सुकुम्बासीका अगुवा दमक ७ निवासी ६८ बर्षिय डिवी सुब्बाको निधन भएको छ ।

उच्च रक्तचाप, सुगरसंगै मुटुरोगी सुव्वाको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि विराटनगरतर्फ लैजादा गर्दा हिजो साँझ बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी पार्टीकै ज्येष्ठ कम्युनिष्ट मञ्चका जिल्ला सदस्य समेत थिए । तत्कालीन माओवादीसम्बद्ध सुकुम्बासी संगठनमा लामो समयदेखि सुकुम्बासीको पक्षमा वकालत गर्दैआएका थिए । राजनीतिसंगै उनले लिम्बु जातिको छाता संस्था किरात याक्थुङ चुम्लुङ झापाको जिल्ला सदस्य रहेर काम गरेका थिए ।
उनका एक श्रीमतीसहित एक छोरा र तीन छोरी रहेका छन् । मृतकको शव आज सोमबार दिउँसो १२ वजे कमल गाउँपालिका ५ स्थित सितापुरी जंगलमा किरात धर्म संस्कृति अनुसार अन्त्येष्टि गरिने जनाईएको छ ।