बिर्तामोड , कात्तिक १७ । आफ्ना सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले तीन लाख २६ हजार ८३१ रुपैयाँ सामाजिक सुरक्षा खर्च प्रदान गरेको छ ।

सहकारीले चालु कात्तिक महिनामा दशैंअघि र पछि गरी त्यति रकम सामाजिक सुरक्षा खर्चवापत् प्रदान गरेको हो । आज मात्र बिर्तामोड सेवा केन्द्रका सदस्यहरुलाई ७५ हजारभन्दा बढी रकम प्रदान गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश अधिकारीले बताएका छन् । संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतसहितको टोलीले शेयर सदस्यहरु रसम राजवंशीलाई २२ हजार र मञ्जु तामाङलाई १३ हजार ९७८ रुपैयाँ उपचार खर्च प्रदान गरेको हो ।

यसैगरी, सदस्य उपचार राहतवापत् एलिशा गौतमलाई १३ हजार ५सय, पुष्पा खनाललाई १३ हजार ३५० र अञ्जु भण्डारीलाई १२ हजार ६०० रुपैयाँ घरघरमै गएर हस्तान्तरण गरिएको थियो ।
यसैबीच, संस्थाको दानाबारी सेवा केन्द्रका क्यासियर भूमिका ढकाल अधिकारीको सासु आमाको निधनमा शोक व्यक्त गर्दै संस्थाले किरिया खर्चवापत ३० हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहित सञ्चालक तथा कर्मचारीहरु कात्तिक १६ गते बाह्रदशी गाउँपालिका राजगढमा रहेको अधिकारी निवासमा पुगेर समवेदना पत्रसहित काजकिरिया खर्च हस्तान्तरण गरेका हुन् । सिम्रिक सहकारी झापाको उत्कृष्ट १० को सूचिभित्र परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्